काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रविन्द्र मिश्र र सांसद धवलशमशेर राणाविरुद्ध पक्राउ पुर्जी जारी हुने भएको छ । काठमाडौँ जिल्ला अदालतले सम्भवतः आजै उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको बुझिएको हो ।
गत चैत १५ गते तिनकुनेमा भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेर हाजिरी जमानीमा छुटेका उनीहरुलाई अदालतले फरार प्रतिवादीको रूपमा राखेको छ । बयानका क्रममा अदालतमा उपस्थित नभएपछि मिश्र र जबरालाई अदालतले फरार प्रतिवादीको रूपमा राखेको हो ।
फरार प्रतिवादीको हकमा उनीहरुविरुद्द पक्राउ पुर्जी जारी हुने अदालत स्रोतले जनाएको छ ।
हाजिरी जमानीमा छुटेका मिश्र र राणा सम्पर्कविहीन भएपछि अनुसन्धान अधिकृतले उनलाई जिम्मा जमानीमा लिने तीन जना कानुन व्यवसायी र स्वकीय सचिवलाई २५–२५ हजार रुपैयाँ जरिवाना तिराएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्