Skip to content
LAXMI SUNRISE BANK

मौद्रिक नीतिमा मोरङ उद्योग व्यापार संघको सुझाव- ‘सेयर धितो कर्जाको सीमा ३० करोड बनाइयोस्’ 

अर्थ सरोकार

काठमाडौँ । मोरङ उद्योग व्यापार संघ नेपालले राष्ट्र बैंकलाई मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको सीमा दोब्बर बनाउन सुझाव दिएको छ । संघले पत्रकार सम्मेलनमार्फत राष्ट्र बैंकलाई यस्तो सुझाव दिएको हो । 

हाल नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तयारीमा जुटेको छ । मौद्रिक नीतिका लागि राष्ट्र बैंकले विभिन्न निकायसँग सुझाव सङ्कलन गरिरहेको छ । सोहीबीच मोरङ उद्योग व्यापार संघले पनि राष्ट्र बैंकलाई मौद्रिक नीतिका लागि सुझाव दिएको हो । सुझावमा संघले हाल सेयर धितो कर्जामा रहेको १५ करोडको सीमा दोब्बर बनाएर ३० करोड पुर्याउन माग गरिएको छ । 

‘आर्थिक वृद्धिका लागि दिगो आधारको रुपमा रहेको पूँजी बजारको समावेशी विकास गर्न अपरिहार्य छ । यस अवस्थामा व्यक्तिगत तथा पारिवारिक लगानीकर्ताको हकमा हाल शेयर धितो कर्जा सीमा कुल १५ करोडको सीमा रहेकोमा त्यस सीमालाई कुल ३० करोड कायम गर्नु पर्दछ । साथै, नेपाली पूँजी बजारमा आप्रवासीले पनि नियन्त्रित र प्रत्यक्ष तवरले निवेश गर्न सक्ने सहज व्यवस्था बनाइनु पर्दछ ।’, सुझावमा भनिएको छ । 

त्यस्तै, संघले उद्योगहरुका लागि निर्धारित चालु पुँजी कर्जाको ब्याजदर भन्दा स्थिर पुँजी कर्जाको ब्याजदर न्यून रहने व्यवस्था गरिनु पर्ने, नेपालबाट पनि भारतको युपीआई मार्फत डिजिटल भुक्तानी गर्न सकिने व्यवस्था गरिनु पर्ने लगायतका सुझाव दिएका छन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK