काठमाडौँ। मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ०.२२ अंकले घटेर २६००.५३ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१६ कम्पनीको १ करोड ३८ लाख १८ हजार ५ सय ५९ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ७६ करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार बुटवल पावर कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको २७ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबारको बजारमा ओम मेगाश्री फार्मास्युटिकल्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, एनआईसी एशिया डिबेन्चर लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ।