काठमाडौँ । बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक १३.६९ अंकले घटेर २६६४.४७ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३०७ कम्पनीको २ करोड २० लाख ७५ हजार ७ सय ६९ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ९० करोडमाथिको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६१ करोड ५७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको बजारमा पियोर इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्