Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ३५.७३ अंकले घट्यो नेप्से

अर्थ सरोकार

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ३५.७३ अंकले घटेर २६५८.९३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१५ कम्पनीको १ करोड ५५ लाख ३८ हजार ४७४ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ६० करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

मंगलबारको बजारमा पिओर इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। यस कम्पनीको सेयर मुल्यमा पोजेटिभ सर्किट लागेको छ।

यता, सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मुल्य ४ प्रतिशत भन्दा धेरैले घटेको छ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK