Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ९.०८ अंकले घट्यो नेप्से, साढे १२ अर्बमाथिको कारोबार

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ९.०८ अंकले घटेर २६५५.३८ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३११ कम्पनीको २ करोड ८६ लाख ७ हजार ६८५ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १२ अर्ब ५१ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार ङादी ग्रुप पावर लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ८ करोड १४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा पियोर इनार्जिका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK