Skip to content
LAXMI SUNRISE BANK

मंगलबार ३.९० अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ३.९० अंकले घटेर २६५४.७५ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३०६ कम्पनीको १ करोड ६४ लाख ७७५ कित्ता सेयर खरिद बिक्री हुँदा रू.७ अर्ब ६५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सानिमा माई हाइड्रोपावर लिमिटेडको भएको छ । यस कम्पनीको ७४ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा पियोर इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK