काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ५.९९ अंकले घटेर २६४०.९६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३११ कम्पनीको १ करोड ७१ लाख ८ हजार ८०९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ९७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ९१ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बिहिबारको बजारमा रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, ओम मेगाश्रीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।