काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आज नेप्से परिसूचक २३.१९ अंकले बढेर २६५३.०९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय २४ कम्पनीको १ करोड ७५ लाख १ हजार ८ सय २ कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै कारोबार राधि विद्युतको भएको छ । यस कम्पनीको ६२ करोड २८ लाख ३ हजार ५ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आजको बजारमा बुटवल पावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्