Skip to content
LAXMI SUNRISE BANK

१० महिनामा ३९ प्रतिशतले बढ्यो सेयर धितो कर्जा प्रवाह

अर्थ सरोकार

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो (मार्जिन प्रकृतिको) कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार पछिल्लो १० महिनामा बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने सेयर धितो कर्जा ३९.३२ प्रतिशतले बढेको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्ममा बैंक-वित्तीय संस्थाले १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँको सेयर कर्जा प्रवाह गरेका छन् ।

उक्त अवधिमा १ करोडमाथिको सेयर कर्जा मात्रै ५३.३ प्रतिशतले बढेर ८५ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, ५० लाख देखि १ करोडसम्मको कर्जा २१.१ प्रतिशत बढेको छ । वैशाख मसान्तसम्म यो सीमाको सेयर कर्जा १५ अर्ब ५ करोड रुपैयाँ छ ।

त्यस्तैगरी, २५ देखि ५० लाखसम्मको कर्जा १५.३ प्रतिशतले बढेर १६ अर्ब ६२ करोड पुगेको छ भने २५ लाखमुनिको साना कर्जा १०.८ प्रतिशतले बढेर ८ अर्ब १० करोड पुगेको छ ।

बैंक-वित्तीय संस्थामा तरलता पर्याप्त हुनु र बैंकको ब्याजदर घट्दो क्रममा हुनाले सेयर धितो कर्जा बढेको अनुमान गरिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK