×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समयमा पैसा नदिने ब्रोकर नम्बर ४४ विरुद्ध सेयर लगानीकर्ता कानुनी उपचारमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

समयमा पैसा नदिने ब्रोकर नम्बर ४४ विरुद्ध सेयर लगानीकर्ता कानुनी उपचारमा

Artha Sarokar

३ असार २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । समयमा पैसा फिर्ता नगरेको भन्दै ब्रोकर नम्बर ४४ अर्थात डाइनामिक मनी मेनेजर्स सेक्युरिटिज प्रालिविरुद्ध उजुरी परेको छ । सेयर लगानीकर्ता रश्मी केसीले ब्रोकरविरुद्ध धितोपत्र बोर्ड, नेप्से, सीडीएस एण्ड क्लियरिङ लिमिटेड, राष्ट्र बैंक, अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, अर्थ समिति, नेपाल प्रहरी र जिल्ला सरकार वकिल कार्यालयमा उजुरी दिएकी हुन् । 

यसो त प्रचलित कानूनी व्यवस्था अनुसार सेयर बिक्री गरेको तीन कार्य दिनमा सेयर बिक्री गरेको पैसा बिक्रेताको खातामा अनिवार्य जम्मा गरिसक्नुपर्छ । 

तर, आफूले २०८२ जेठ २६ र २७ गते सेयर बिक्री गरे पनि सो बापतको रकम हालसम्म पनि भुक्तानी नभएको भन्दै ब्रोकर नम्बर ४४ विरुद्ध कानूनी उपचारको बाटो रोजेको लगानीकर्ता केसीले बताइन् । 

उनले नियमानुसार जेठ २६ गते भएको कारोबारको भुक्तानी जेठ २९ गते र जेठ २७ गते भएको कारोबारको भुक्तानी जेठ ३० गते भइसक्नुपर्नेमा अझै बैंक खातामा जम्मा नभएको उजुरीमा उल्लेख गरेकी छिन् । केसीका अनुसार उक्त ब्रोकरले हालै सेयर कारोबारमा नयाँ सफ्टवेयर सञ्चालन ल्याएको छ । नयाँ सफ्टवेयर अत्याधुनिक र स्वचालित हुनुपर्ने भए पनि भुक्तानी माग्न दोहोरो संवाद गर्ने सुविधा समेत नभएको केसीको भनाई छ । 

त्यस्तै, उनले उक्त ब्रोकरमा आफूले कुनै लिमिट समेत नचलाएको दाबी गर्दै ब्रोकर नम्बर ४४ लगायत सबै ब्रोकरले प्रचलित कानूनको उल्लंघन गरे/नगरेको पत्ता लगाई दोषीलाई कारबाही गर्न र बाँकी रहेको आफ्नो भुक्तानी फिर्ता गराइदिन पनि माग गरेकी छिन् । यस्तो छ उजुरी:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी