काठमाडौँ । स्पेनिस तथ्याङ्क कार्यालय (आईएनई) ले बुधवार पुष्टि गरेको छ कि स्पेनी अर्थतन्त्र सन् २०२५ को पहिलो त्रैमासिकमा ०.६ प्रतिशतले बढेको छ । यद्यपि सन् २०२४ को अन्तिम त्रैमासिकको तुलनामा वृद्धि ०.१ प्रतिशतले कम थियो ।
तथ्याङ्कले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार नीति र युक्रेन र गाजामा जारी द्वन्द्वको प्रभुत्व रहेको विश्वव्यापी सन्दर्भमा स्पेनको अर्थतन्त्रले वर्षको सकारात्मक सुरुवात गरेको देखाउँछ ।
सन् २०२५ को पहिलो तीन महिनामा निजी उपभोग र लगानीको सकारात्मक स्तरले स्पेनको कुल गार्हस्थ्य उत्पादन बढेको छ । निजी उपभोग ०.६ प्रतिशतले बढेको छ । जबकि लगानी ०.९ प्रतिशतले बढेको छ । जुन अपेक्षा गरिएको भन्दा ०.३ प्रतिशत बढी हो ।
तर, सन् २०२४ को अन्तिम तीन महिनाको तुलनामा ३.० प्रतिशतले बढेको भन्दा कम छ ।