×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रतिनिधिसभाको बैठक बस्दै, के होला गृहमन्त्रीको राजिनामा ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रतिनिधिसभाको बैठक बस्दै, के होला गृहमन्त्रीको राजिनामा ?

Artha Sarokar

२८ जेष्ठ २०८२, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ । ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

त्यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । प्रमुख विपक्षीलगायतका प्रतिपक्षी दलको निरन्तर अवरोधका कारण संसदको बैठक पछिल्ला दिनहरुमा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेको छैन ।

आज बस्ने भनिएको बैठकमा पनि विपक्षी दलले अवरोध गर्ने पक्का छ । भिजिट भिसा प्रकरणमा नाम मुछिएदेखि नै विपक्षी दलले गृहमन्त्री रमेश लेखकले राजिनामा दिएर अनुसन्धानका लागि मार्ग प्रशस्त गर्नुपर्ने र भिजिट भिसा प्रकरणमा छानबिन गर्न उच्च स्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएका छन् । तर, विपक्षीले माग गरेजस्तै गृहमन्त्री राजिनामा दिने सम्भावना देखिँदैन । स्वयम् सत्तापक्षकै नेताहरुले समेत उक्त प्रकरणमा गृहमन्त्रीले राजिनामा दिनुपर्ने आवश्यकता नै नभएको बताउँदै आएका छन् । यसरी सत्तापक्ष र प्रतिपक्षीबीच सहमति हुन नसक्दा निरन्तर संसद् अवरुद्ध हुँदै आएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी