काठमाडौँ । कुनैबेला हनुमानढोका भन्ने बित्तिकै मानिस प्रहरी कार्यालय सम्झिन्थे । कसैलाई डर देखाउनुपर्यो भने ‘हनुमानढोकामा भेटौंला’ भनेको सुनिन्थ्यो ।
२०७२ सालको भूकम्पपछि भने परिदृष्य फेरियो । भूकम्पका कारण भवनमा क्षति पुगेपछि प्रहरी कार्यालय टेकुमा सारियो । त्यसपछि अहिले भद्रकालीस्थित अत्याधुनिक भवनमा सारिएको छ ।
भूकम्पले चर्किएको हनुमानढोकाको भवनमा सुरक्षार्थ केही प्रहरी बस्दै आएका छन्। २०१२ सालमा स्थापना भएको यो कार्यलयमा रातो·स्टिकर लगाइएको छ ।
स्थानीय र पुरातत्व विभागले जीर्ण र जोखिमपूर्ण संरचना भत्काएर खुला संरक्षण क्षेत्र बनाउन माग गरेका छन् । तर प्रहरी प्रशासनले सोही जग्गामा पर्यटक प्रहरी चौकी वा प्रहरी संग्रहालय बनाउने योजना ल्याएको छ । त्यहाँको पनि जग्गा प्रहरीकै नाममा भएको बताइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्: