काठमाडौँ । विश्व बैंकले एक नयाँ अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विश्वभर दोहोरिंदो द्वन्द्व र अस्थिरता कारण गरिबीको समस्या भयावह बन्दै गएको गम्भीर चेतावनी दिएको छ ।
प्रतिवेदनअनुसार सन् २००० को दशकको शुरुवातदेखि हालसम्म द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति तीन गुणा बढी भएको छ । यसले गर्दा असुरक्षित र द्वन्द्व प्रभावित मुलुकहरूमा अत्यधिक गरिबी र खाद्य संकटको अवस्था अझ गहिरिँदै गएको उल्लेख गरिएको छ ।
यस वर्ष मात्र, ४२ करोडभन्दा बढी मानिसहरू दिनको तीन अमेरिकी डलरभन्दा कम आम्दानीमा गुजारा चलाइरहेका छन्, जुन स्थिति विश्व बैंकले ‘चरम गरिबी’ को परिभाषामा राखेको छ। यस्तो दरले बढिरहेमा सन् २०३० सम्म यो संख्या ४३ करोड ५० लाख नाघ्न सक्ने अनुमान गरिएको छ ।
विश्व बैंक समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले भने, ‘युक्रेन र मध्यपूर्वका द्वन्द्वमा हाल विश्व समुदायको ध्यान केन्द्रित भए पनि, आजका आधा द्वन्द्वग्रस्त देशहरू १५ वर्षभन्दा लामो समयदेखि अशान्ति र अस्थिरतामा फसेका छन् ।’ हाल ३९ देशलाई द्वन्द्व प्रभावित मुलुकको सूचीमा राखिएको छ, जसमा २१ देश प्रत्यक्ष सशस्त्र संघर्षमा रहेका छन् । यस सूचीमा युक्रेन, सोमालिया, दक्षिण सुडान, गाजा क्षेत्र र पश्चिमी तटका साथै इराकजस्ता देशहरू समावेश छन् । यद्यपि, इरान भने समावेश गरिएको छैन ।
विश्व बैंकले भनेको छ, ‘द्वन्द्वको सुरुआत हुनु अघि नै गरिने रोकथामको पहल धेरै सस्तो, प्रभावकारी र दीर्घकालीन रूपमा फाइदाजनक हुन्छ ।’ विश्व बैंकका उपप्रमुख अर्थशास्त्री आयहान कोसेले भने, ‘पछिल्लो डेढ दशकमा द्वन्द्वग्रस्त देशहरूमा विकास होइन, आर्थिक जडता नै सामान्य अवस्था बनेको छ । यस्तो परिस्थितिमा परिवर्तन ल्याउन अबको प्रयास निर्णायक हुनसक्छ ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्