काठमाडौँ । पूर्वउपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १/२ प्रतिशत घरनाहरुले प्राइभेट बैंक कब्जा गरेको बताएका छन् । अर्थ समितिको शुक्रबारको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले तिनै घरनाहरुले मुलुकको इकोनोमीलाई बैंकिङमार्फत नियन्त्रण गरेको बताएका छन् ।
सरकारीतर्फको कृषि विकास बैंकमाथि पनि उनले प्रश्न उठाएका छन् । कृषि विकास बैंक बेकारको बैंक भएको समेत बताएका छन् । जनतालाई बैंकिङ सुविधा राम्रोसँग पुर्याउन नसक्दा मिटरब्याजीहरु हावी भएको बताएका छन् ।
‘१/२ प्रतिशत घरनाहरुको प्राइभेट बैंकहरु कब्जा गरेका छन । तिनै घरनाहरुले मुलुकको इकोनोमीलाई बैंकिङ थ्रु नियन्त्रण गरिरहेका छन् । सरकारी भनिने कृषि विकास बैंकको के कुरा गर्ने त्यो बैंक कृषि बेकार बैंक भएको छ । त्यो अर्को साहु भएको छ ।’, उनले भने, ‘बैकिङ सिस्टम जनताका लागि फेलियर भएर जनता मिटर ब्याजीहरुको पछि लाग्नुपरेको छ । जनतालाई बैंकिङ सुविधा राम्रोसँग पु¥याउने हो भने मिटरब्याजी किन चाहिन्थ्यो ?’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्