काठमाडौँ । सेयर बजारमा प्राविधिक विश्लेषक बिमोददेव पन्तले नेप्सेमा १५ मिनेटको सिस्टमले सेयर बजार बढ्न नदिएको बताएका छन् । अर्थ सरोकारसँग कुराकानी गर्दै पन्तले यस्तो बताएका हुन् ।
सोमबारको बजारमा यही १५ मिनेटको सिस्टममा बिग्रिएको क्याल्कुलेसनले हरियो बजारलाई रातो बनाएको भन्दै पन्तले यो सिस्टमले बजारलाई माथि जान नदिएको बताएका छन् ।
यतिसम्म की पन्तले सोमबारको बजारमा नेप्सेको गरेको क्याल्कुलेसन हुनै नपर्ने भएको समेत दाबी गरेका छन् । ‘के भयो, के भयो ? केही बुझ्नै सकिएन ।’, उनले भने, ‘आज हुनै नपर्ने क्याल्कुलेसन भयो ।’
गत चैत्र ७ गतेदेखि अन्तिम १५ मिनेटको कारोबार मूल्यको भारित औसत लाई अन्तिम कारोबार मूल्य मान्ने प्रणाली लागू गरेको थियो । तर, सो प्रणालीमा नेप्से परिसूचक गणना नै फरक परेको लगानीकर्ताको दाबी छ ।
यता लगानीकर्ताले चर्को विरोध र नेप्सेमा फोन नै गरेर गाली गर्न थालेपछी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गरेर सो विषयमा अध्ययन गरिरहेको जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्