×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिपेन्द्र अग्रवालको पैसा नदिने ब्रोकरका संचालकविरुद्ध पनि पक्राउ पुर्जी जारी, वार-पारमा कसले जित्ला ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दिपेन्द्र अग्रवालको पैसा नदिने ब्रोकरका संचालकविरुद्ध पनि पक्राउ पुर्जी जारी, वार-पारमा कसले जित्ला ?

Artha Sarokar

६ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवालको पैसा नदिने ब्रोकरका सञ्चालकविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सिप्रवी सेक्युरिटिज (ब्रोकर नम्बर २२) का अध्यक्ष रविराज भट्टराई, महाप्रबन्धक जयन्त श्रीवास्तव, प्रबन्ध निर्देशक सतिषकुमार श्रेष्ठ र सिनियर अधिकृत कविराज न्यौपानेविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

यसो त अग्रवालले सिप्रवी सेक्युरिटिजले आफ्नो ३३ करोड ७३ लाख २३ हजारमध्ये ९ करोड ७३ लाख २३ हजार रुपैयाँ नदिएको भन्दै यसअघि नै प्रहरीमा उजुरी दिएका थिए ।

अग्रवालले दिएको उजुरीका आधारमा उनीहरुविरुद्ध असार ९ गते नै पक्राउ पुर्जी जारी भएको पाइएको छ । तर, आफूहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको थाहा पाएपछि उनीहरु सम्पर्कविहीन छन् । हाल प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।

अग्रवाललाई प्रहरीले सोमबार काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । उनलाई आपाराधिक लाभ र ठगी कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अग्रवाललाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न सोमबार नै काठमाडौँ जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

दिपेन्द्र अग्रवाल पक्राउ प्रकरण यसअघिकै सिप्रवी सेक्युरिटिजको लफडासँग जोडिएको सेयर लगानीकर्ताले बताएका छन् । उनीहरुले अग्रवाललाई ब्रोकरकै साहुले षड्यन्त्र गरेर फसाएको पनि दाबी गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी