काठमाडौँ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)हरुले मनलाग्दी बैंकर र व्यवसायी छुट्याउन नहुने बताएका छन् । बैंकका सिइओ र गभर्नरबीचको छलफलका क्रममा सिइओहरुले यस्तो बताएका हुन् ।
उनीहरुले अहिले बाफिया विधेयकमार्फत बैंकर र व्यवसायी छुट्याउने सरकारले तयारी गरे पनि त्यसका लागि उपयुक्त विकल्प दिनुपर्नेमा जोड दिएका छन् ।
विकल्प नै नदिई एक्कासी बैंकर र व्यवसायी छुट्याउन नहुने सिइओहरुको भनाई छ । ‘बैंकर र व्यवसायी छुट्याउन उपयुक्त विकल्प दिनुपर्छ भन्नेमा हाम्रो जोड थियो ।’, छलफलमा सहभागी एक बैंकका सिइओले भने, ‘विकल्प नदिने अनि तत्काल निस्किहाल भन्न हुँदैन, त्यो सही होइन ।’
त्यस्तै, हाल बैंकको संस्थापक सेयर बिक्री हुन नसकिरहेको भन्दै बैंकका सिइओहरुले उक्त विषयमा पनि गभर्नरको ध्यानाकर्षण गराएका छन् । गभर्नर पनि सिइओहरुले दिएको सुझावप्रति पोजेटिभ रहेको छलफलमा सहभागी सिइओहरुले बताएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्