काठमाडौँ । मधेश प्रदेश अहिले सुख्खा र खडेरीको चपेटामा परेको छ । वर्षा नभए पछि अहिलेसम्म खेती हुन सकेको छैन भने कतिपय स्थानमा खाने पानीको चरम अभाब सृजना भएको छ ।
अहिले वीरगंज महानगरपालिकाको ३२ वटै वडाहरुमा पिउने पानीको चरम अभाव देखिएको छ । गाउँको सबै चापाकल, इनार, कुवा सुकिसकेका छन्। पालिकाको १९ नं वडा बिन्ध्यबासिनी टोल, २४ वडाको राम गडुवा टोल खानेपानीको चरम अभाब देखिएको छ । सो क्षेत्रमा खानेपानीको अभाव देखिएसँगै नेपाली सेना, स्थानीय सरकार तथा खानेपानी संस्थानले पानी वितरण गरिरहेको छ ।
हाल नेपाली सेनाको मध्य पूर्वी पृतना हेडक्वाटरको २८ वाहिनी अन्तर्गत श्री श्रीजंग गणले दैनिक ३ चरणमा (बिहान ७ बजे, दिनको २ बजे र साझ ६ बजे) ६ वटा दमकलको साहेतामा दैनिक ९० हजार लिटर पानी वितरण गरिरहेको गणपति प्रमुख सेनानी लोकेन्द्र कार्कीले बताए । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्