×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकर र व्यवसायी छुट्याउँदै अर्थ मन्त्रालय, राजश्व सचिव भन्छन्- ‘गृहकार्य थालिसक्यौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंकर र व्यवसायी छुट्याउँदै अर्थ मन्त्रालय, राजश्व सचिव भन्छन्- ‘गृहकार्य थालिसक्यौँ’

Artha Sarokar

२६ असार २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । राजश्व सचिव दिनेश घिमिरेले बैंकर र व्यवसायी छुट्याउने विषयमा अर्थ मन्त्रालयले थप गृहकार्य गरिरहेको बताएका छन् । अर्थ समितिमा भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।

बैंकर र व्यवसायी छुट्याउनेबारे कुलिङ पिरियडको सम्बन्धमा आवश्यक नीतिगत व्यवस्था गर्नका लागि थप गृहकार्य भइरहेको घिमिरेले बताएका छन् । घिमिरेका अनुसार दफाबारमा छलफल गर्दा मन्त्रालयले आवश्यक प्रस्ताव ल्याउनेछ । यसका लागि अर्थले तयारी थालिसकेको छ । 

त्यस्तै, पुँजीबजार, लामोसमय कर्जा लिएको हाइड्रोपावरको क्षेत्र जस्तालाई तत्काल कसरी व्यवस्थापन गर्ने ?, विधेयकले कसरी सम्बोधन गर्नेबारे अर्थमन्त्रालयले गृहकार्य थालेको पनि उनले बताएका छन् । उनका अनुसार कतिपय कानून सैद्धान्तिक रुपमा राम्रो हुने र व्यवहारिक रुपमा कठिनाइ हुने गरेको बताउँदै उनले त्यसमा ख्याल गरिने बताएका छन् ।

त्यस्तै, घिमिरेले बैकिङ पहुँचको विस्तार, प्रभावकारी रुपमा सेवा र अधिक प्रतिफलका विषयमा पनि सैद्धान्तिक रुपले बाफियाको संशोधनमा विषयहरु आउनु सकारात्मक भएको बताएका छन् । उनले समग्र अर्थतन्त्रलाई चलायमान गराउन यो विधेयक महत्वपूर्ण रहने पनि बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी