काठमाडौँ । लुम्बिनी विकास बैंकमा आगलागी भएको छ । शनिबार बैंकको चन्द्रौटा शाखामा आगलागी भएको हो ।
बिहान करिब ८ बजेको समयमा भएको आगलागीबाट बैंकमा भौतिक क्षति भएको स्वयम् बैंकले जनाएको छ । बैंकका अनुसार नगद तथा कानूनी कागजात भने सुरक्षित छन् ।
नगद र कागजात सुरक्षित भए पनि बैंकमा भएको भौतिक क्षतिका कारण बैंकिङ कारोबार सूचारु गर्न असहज भएको बैंकले जनाएको छ । सोही कारण चन्द्रौटा शाखाबाट कारोबार गर्दै आएका सेवाग्राहीलाई बैंकले केही दिन नजिकैको अन्य शाखाबाट कारोबार गर्न पनि आग्रह गरेको छ ।
आज (आइतबार) देखि भने सीमित काम हुनेगरि तयारी भइरहेको बैंकले जनाएको छ । बैंकमा आगलागी हुँदा भएको भौतिक क्षतिका कारण बैंकको सेवा प्रभावित भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्