काठमाडौँ । सेयर लगानीकर्ता शिवचन्द्रले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई ‘ए ग्रेड’ दिँदा फरक नपर्ने बताएका छन् ।
मौद्रिक नीति सार्वजनिक भए लगत्तै सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले मौद्रिक नीति खुकुलो पारिँदै लगिएको भन्दै यसपटकको मौद्रिक नीतिलाई ‘ए ग्रेड’ दिँदा फरक नपर्ने बताएका छन् ।
उनले लेखेका छन्ः
मौद्रिक नीति मार्फत सेयर बजारलाई टुच्च सम्बोधन भएका दुई मुख्य बुँदाहरू:
१. व्यक्तिगत तर्फ १५ करोडको सेयर कर्जाको सीमालाई २५ करोड पुर्याइएको छ ।
२. लघुवित्तको १५% लाभांशको अंकुशलाई आवश्यकता अनुसार परिमार्जन गरिनेछ ।
गज्जबको कुरा चाहिँ विदेशमा जस्तै सम्पती व्यवस्थापन कम्पनी खोल्न नीति तर्जुमा गरिने सम्बन्धित निकायमा पेश गरिने छ भन्ने लग्यो । यदि यसो भएको खण्डमा कम्पनीले बैंक तथा वित्तीय क्षेत्रका एनपिएल नै किनेर व्यवस्थापन गरिदिने छ। बैंकहरु खराब कर्जा मुक्त हुनेछन् ।कसिएका धेरै नीतिहरुलाई बिस्तारै खुकुलो पार्दै गएको झल्को यो पटकको मौद्रिक नीति ले दिएको छ । समग्रमा आ .व. २०८२ ÷ ८३ को मौद्रिक नीतिलाई ग्रेड ए दिँदा फरक नपर्ला ।
थैन्कु