Skip to content
LAXMI SUNRISE BANK

भ्रम छर्दै ग्लोबल आईएमई क्यापिटल, सिइओको नियतमै शंका !

अर्थ सरोकार

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटलले अन्तराष्ट्रिय स्तरमा प्रतिष्ठित संस्था एसीसीएको नाम र लोगोको दुरुपयोग गरेको पाइएको छ । कम्पनीले एसीसीएले प्रदान गर्ने ‘अप्रुप्ड इम्प्लोयर गोल्ड’को लोगो प्रयोग गर्दै आफूलाई एसीसीए सर्टिफाइड संस्था भनेर प्रचार गरिरहेको पाइएको हो ।

तर, एसीसीएले प्रदान गरेको लागो र कम्पनीले गरेको प्रचार यथार्थ भन्दा धेरै फरक छ ।

खासमा एसीसीए सर्टिफाइड हुनु र एसीसीए अप्रुभ्ड इम्प्लोयर हुनु दुई निकै फरक कुरा हुन् । एसीसीए सर्टिफिकेसन व्यक्तिगत स्तरमा दिइन्छ । जुन व्यक्तिले एसीसीएको सम्पूर्ण प्रक्रिया पुरा गर्छ उसैले मात्र ‘एसीसीए सर्टिफाइड’ को मान्यता पाउँछ । तर, ‘अप्रुप्ड इम्प्लोयर गोल्ड’ संस्था वा कम्पनीलाई दिइन्छ ।

हालसम्म एसीसीएले कुनै पनि संस्था वा कम्पनीलाई सर्टिफाइड भन्ने रुपमा मान्यता दिएको छैन । तर, ग्लोबल आइएमई क्यापिटले भने आफ्नो वेबसाइटमा आफैँलाई एसीसीए सर्टिफाइड भन्दै दाबी गरेको छ । जुन पूर्ण रुपमा भ्रामक छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK