×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘हप्प काठमाडौं…’ (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘हप्प काठमाडौं…’ (तस्विरहरू)

Artha Sarokar

६ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौं उपत्यकामा गर्मी महसुस भएको छ । मानिसहरु गर्मीबाट बच्न छाता ओढेर हिँडिरहेका अथवा शीतल तापिरहेका देखिन्छन् ।

काठमाडौं उपत्यकामा केही समययता मौसमको प्रवृत्तिमा परिवर्तन आइरहेको छ । केहीबेरमा पानी पर्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने, एक ठाउँ दर्के पानी ओइरिने अलि पर सुक्खा हुने भइरहेको छ ।

पानी नपर्दा हुप्प गर्मी हुने तर पानी परेपछि हल्का जाडो हुने काठमाडौंको मौसम छ ।

पानी पर्‍यो भनेर रेनकोट ओढेर हिँड्यो केही किलोमिटर पर पानी परेकै हुँदैन । यस्तो अनुभव धेरैपल्ट तपाई हामीले गरेका छौं । अलि ठूलो वर्षा भएपछि सडकमा पानी जम्ने र त्यो सुकेपछि धुलो उडेर हैरानी हुने गरेको छ ।

जलवायु परिवर्तनका कारण मौसमी प्रवृत्ति फेरिएको जानकारहरु बताउँछन् । तर यसबारे पर्याप्त अध्ययन भने भएको छैन ।

त्यसो त यस वर्ष मनसुन उत्कर्षमा पुग्दा पनि पर्याप्त वर्षा भएको छैन । जल तथा मौसम विज्ञान विभागले केही दिनअघि भारी वर्षा हुने पूर्वानुमान गरेको थियो । तर मधेशमा पानी नपरेर धान रोपाइँ भएको छैन । बाँकी तस्विरमा हेर्नुहोस्: 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी