×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा १५ मिनेटको सिस्टम खारेज गर्न लगानीकर्ताको चर्को माग, सम्भव होला ? 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा १५ मिनेटको सिस्टम खारेज गर्न लगानीकर्ताको चर्को माग, सम्भव होला ? 

Artha Sarokar

१२ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सेयर लगानीकर्ताले नेप्सेमा १५ मिनेटको कारोबार मूल्यको भारित औसतलाई अन्तिम कारोबार मूल्य मान्ने प्रणाली खारेज गर्न माग गरेका छन् । सोमबारको बजारमा नेप्सेको गणना नै गलत देखिएपछि लगानीकर्ताको यस्तो माग गरेका हुन् । 

हाल लगानीकर्ताले सामाजिक सञ्जालमा ‘१५ मिनेट खारेज गर’ अभियान नै चलाएका छन् । 

यसो त सोमबार नेप्सेको क्याल्कुलेसन गलत भएको भन्ने सेयर लगानीकर्ताको दाबी सत्य रहेको स्वयम् नेप्सेका अधिकारीले स्वीकारेका छन् । ‘सोमबार सेयर बजारमा केही त्रृटी देखिएको विषय सत्य हो ।’, अर्थ सरोकारसँग कुराकानी गर्दै नेप्सेका ती एक अधिकारीले भने, ‘केही त्रुटि छ भन्ने लागेर नै थप अध्ययन गर्ने काम भइरहेको छ ।’

यता नेप्सेले समेत सार्वजनिक सूचना जारी गरेर नेप्से परिसूचक गणना फरक परेको भन्ने गुनासोमा अध्ययन गरिरहेको जनाएको छ । 

गत चैत्र ७ गतेदेखि अन्तिम १५ मिनेटको कारोबार मूल्यको भारित औसत लाई अन्तिम कारोबार मूल्य मान्ने प्रणाली लागू गरेको थियो । तर, सो प्रणालीमा नेप्से परिसूचक गणना नै फरक परेको लगानीकर्ताको दाबी छ । यतिसम्म कि यो सिस्टमले सेयर बजार बढ्न नदिएको दाबी गर्दै लगानीकर्ताले सिस्टम खारेज गर्न माग गरेका छन् । 

तर, सिस्टम नै खारेज गर्ने कुरा त्यही सहज नभएको नेप्सेका अधिकारी बताउँछन् । ‘त्रुटि देखिए सच्याउन सकिन्छ । जुन अहिले हामी गर्दैछौँ । तर खारेज नै गर्ने भन्ने त नहोला ।’, नेप्सेका एक अधिकारीले बताएका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी