काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । शुक्रबार राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले घर बनाउन वा खरिद गर्न बैंकबाट ३ करोड रुपैयाँसम्म ऋण पाइने व्यवस्था गरेको छ ।
यसअघि यस्तो कर्जाको सीमा २ करोड तोकिएको थियो । हाल भने सो सीमा बढाएर ३ करोड बनाइएको गभर्नर पौडेलले बताएका छन् ।
त्यस्तै, पहिलोपटक घर बनाउँदा वा खरिद गर्दा कर्जा मूल्य अनुपात ८० प्रतिशत बनाइने व्यवस्था गरिएको छ । अन्यको हकमा भने बढीमा ७० प्रतिशतसम्म बनाउने घोषणा गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्