काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको हो ।
राष्ट्र बैंक स्रोतका अनुसार सम्भवतः शुक्रबार दिउँसो नै मौद्रिक नीति सार्वजनिक गर्ने तयारी छ ।
मौद्रिक नीतिको प्रस्ताव राष्ट्र बैंक सञ्चालक समितिको बैठकमा समेत पेश गरिसकिएको छ । बैठकले पारित गरे लगत्तै राष्ट्र बैंकको ५९औँ मौद्रिक नीति सार्वजनिक गरिनेछ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले नयाँ बैंकहरुको लाइसेन्स खोल्ने तयारी गरेको स्रोतको दाबी छ । त्यस्तै, बैंकहरुको वर्गीकरण गर्ने, असल बैंकहरुलाई स्वनियमनमा राख्ने, कमसल बैंकलाई मात्र नियमनमा केन्द्रित गर्ने तथा ऋण दिने मापदण्ड पुनरावलोकन गर्ने लगायतका व्यवस्था समेटेर मौद्रिक नीति सार्वजनिक गरिने बताइएको छ ।