काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले माफी मागेको छ । आफ्नो वेबसाइटमा सूचना सार्वजनिक गर्दै नेप्सेले माफी मागेको हो ।
‘नेप्सेको कारोवार प्रणालीमा कारोवार समय पश्चात परिसूचकको भारित औषत गणना गर्ने क्रममा प्राबिधिक कारणले फरक अंक देखिएकोमा उक्त समस्या समाधान गरिएको व्यहोरा अनुरोध गर्दछौं ्र यसबाट सम्पूर्ण सरोकारवालामा पर्न गएको असुविधाको लागि क्षमा प्रार्थी छौँ ।’, सूचनामा भनिएको छ ।
सोमबार दिउँसो गलत क्याल्कुलेसनका कारण नेप्से परिसूचकमै फरक परेपछि सेयर लगानीकर्ताले त्यसको चर्को विरोध गरेका थिए । दिउँसो कारोबार समय (३ बजे)मा १२.१३ अंकले बढेर २९७६.३३ बिन्दुमा पुगेको बजार एडजस्टमेन्टपछि २.०७ अंकले घटेर २९६२.१३ बिन्दुमा पुगेको थियो ।
तर, हुँदै नभएको क्याल्कुलेसन भएको भन्दै सेयर लगानीकर्ताको चर्को विरोध गरेपछि नेप्सेले ‘अध्ययन गर्दैछौँ’ भन्दै सूचना सार्वजनिक गरेको थियो । हाल भने नेप्सेको नेप्से परिसूचकको विवरण अपडेट गरेको छ । अपडेट भएको विवरण अनुसार बजार ७.१० अंकले बढेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्