Skip to content
LAXMI SUNRISE BANK

३ हजार कट्यो नेप्से, अब यात्रा माथि नै हो ?

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । मंगलबार नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२१ कम्पनीको ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १८ अर्ब ५२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन डिष्टिलरी लिमिटेडको भएको छ । यस कम्पनीको ६४ करोड ४१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मुक्तिनाथ कृषि कम्पनीसहित ट्रेड टावर र सन्भी इनर्जीको सेयर मूल्यमा पनि पोजेटिभ सर्किट लागेको छ ।

यता, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK