Skip to content
LAXMI SUNRISE BANK

बिहीबार ३१.५० अंकले घट्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहिबार नेप्से परिसूचक ३१.५० अंकले घटेर २९२२.६३ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१८ कम्पनीको ३ करोड ६८ लाख ७१ हजार २४४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १५ अर्ब ९८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा ट्रेड टावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK