Skip to content

सोमबार ३५.०९ अंकले घट्यो नेप्से परिसूचक

Dish Home

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको दोश्रो दिन सोमबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । सोमबार नेप्से परिसूचक ३५.०९  अंकले घटेर २७२५.७१ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२१ कम्पनीको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर खरिद बिक्री हुँदा रू. ८ अर्ब १७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ४० करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा माईखोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्