काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक २.४० अंकले बढेर २७०६.३६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१८ कम्पनीको २ करोड ७१ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ५० करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ४९ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आइतबारको बजारमा नेपाल फाइनान्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, १२% गुडविल फाइनान्स लिमिटेड डिबेन्चर २०८३का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।