Skip to content
LAXMI SUNRISE BANK

बिहीबार २५.८९ अंकले बढ्यो नेप्से परिसूचक

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३१२ कम्पनीको २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर खरिद बिक्री हुँदा रू.९ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ५७ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा माईखोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको हो ।

यता, कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK