काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ३४.४२ अंकले बढेर २६९४.८२ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१७ कम्पनीको ३ करोड १ लाख ८२ हजार ३४१ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ९ अर्ब ७४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको भएको छ । यस कम्पनीको ५५ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
बुधबारको बजारमा ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको हो ।
यता, ९% आइसीएफसी फाइनान्स लिमिटेड डेबेञ्चर २०८८ का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा धेरैले घटेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्