काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ५.१७ अंकले बढेर २९७८.८८ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३१९ कम्पनीको ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १९ अर्ब ५७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको ७८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा ट्रेड टावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।
यता, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
बुधबारको कारोबारमा बैंकिङ ०.२५, विकास बैंक ०.९२, होटल तथा पर्यटन १.१०, जीवन बिमा ०.५०, लघुवित्त ०.७२ र निर्जीवन बिमा ०.६१ प्रतिशतले घटेको छ । अरु सबै समूहको उपसूचक बढेको छ ।
सबैभन्दा बढी वित्त समूह ३.२३ प्रतिशतले बढेको छ । जलविद्युत् ०.८८, लगानी ०.९०, उत्पादन तथा प्रशोधन ०.४०, म्युचुअल फण्ड ०.१५, व्यापार ०.३१ र अन्य समूह १.४४ प्रतिशतले बढेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्