Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा ४७.९३ अंकको करेक्सन, बजार २९५४.१४ बिन्दुमा

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको चोथो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बुधबार नेप्से परिसूचक ४७.९३ अंकले घटेर २९५४.१४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२७ कम्पनीको ३ करोड ६४ लाख १७ हजार ७४२ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १६ अर्ब ४४ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्स लिमिटेडको भएको छ । यस कम्पनीको १ अर्ब ३२ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बुधबारको बजारमा सन्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK