×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको थोत्रो सिस्टमको ‘क्याल्कुलेसन’ नै गलत !, व्यापक विरोध भएपछि नेप्सेले भन्यो- ‘अध्ययन गर्दैछौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेको थोत्रो सिस्टमको ‘क्याल्कुलेसन’ नै गलत !, व्यापक विरोध भएपछि नेप्सेले भन्यो- ‘अध्ययन गर्दैछौँ’

Artha Sarokar

१२ श्रावण २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सोमबार नेप्से परिसूचक २.०७ अंकले घट्यो । २.०७ अंकले घटेर बजार २९६२.१३ बिन्दुमा झर्यो । 

यसो त २ः४५ बजेसम्म बजार २९६७.५३ बिन्दुमा थियो । कारोबार समय (३ बजेसम्म) १२.१३ अंकले बढेर बजार २९७६.३३ बिन्दुमा पुगेको थियो । तर, एड्जस्टमेन्टपछि बजार २.०७ अंकले घटेर २९६२.१३ बिन्दुमा झरेको छ ।

तर, सोमबारको बजारमा नेप्सेको क्याल्कुलेसन नै गलत भएको भन्दै सेयर लगानीकर्ताहरुले चर्को विरोध गरेका छन् । सेयर बजारका प्राविधिक विश्लेषक विमोददेव पन्तले पनि नेप्सेको क्याल्कुलेसन बिग्रेको दाबी गरेका छन् । उनले सोमबार नेप्सेको गरेको क्याल्कुलेसन हुनैनपर्ने भएको पनि दाबी गरेका छन् । 

यतिसम्म की पन्तले नेप्सेमा भएको १५ मिनेटको सिस्टमले सेयर बजारलाई नै माथि जान नदिएको बताएका छन् । गत चैत्र ७ गतेदेखि अन्तिम १५ मिनेटको कारोबार मूल्यको भारित औसत लाई अन्तिम कारोबार मूल्य मान्ने प्रणाली लागू गरेको थियो ।

यता लगानीकर्ताले चर्को विरोध र नेप्सेमा फोन नै गरेर गाली गर्न थालेपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सार्वजनिक सूचना जारी गरेर सो विषयमा अध्ययन गरिरहेको जनाएको छ । 

‘सरोकारवालाहरुबाट आएको नेप्से परिसूचक गणना फरक परेको भन्ने विषयमा अध्ययन भइरहेको व्यहोरा सबैलाई जानकारी गराउँदछौँ ।’, नेप्सेको सूचनामा भनिएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी