Skip to content
LAXMI SUNRISE BANK

एनआईसी एशियाले लिलाम गर्यो, नेकपा बहुमतले ‘कब्जा’ गर्यो

अर्थ सरोकार

काठमाडौँ । एनआईसी एशिया बैंकले लिलाम गरेको घर नेकपा बहुमतको सहायक संगठन कम्युनिष्ट युवा संगठनले बैंकले कब्जा गरेको छ । संगठनले ललितपुरको भैँसिपाटीमा रहेको घर कब्जा गरेको हो ।

उक्त घर तत्कालीन गोम अधिकारीको रहेको बताइएको छ । सो घर केही समयअघि मात्रै एनआईसी एशिया बैंकले लिलाम गरेको थियो । 

तर, बैंकले दादागिरी शैलीमा भूमाफियासँग मिलेर जबरजस्ती घर कब्जा गरेको भन्दै संगठनले घरमा कब्जा गरेको जनाएको छ । संगठनले सो घर आफूहरुले कब्जा गरेको भन्दै घरको गेटमा ब्यानर नै टाँसेका छन् । 

ऋणीले बैंकबाट लिएको ऋणको किस्ता तिर्दातिर्दै पनि बैकले घर लिलाम गरेको संगठनको भनाई छ । उनीहरुले अनधिकृत रुपमा सो घर लिलाम गरिएको भन्दै यस्तो दादागिरी बन्द गर्न बैंकलाई चेतावनी समेत दिएका छन् । साथै उनीहरुले एनआईसी एशिया बैंकले सेवाग्राहीलाई दिनहुँ मानसिक तनाव दिने गरेको र भूमाफियासँग मिलेर ऋणीको सम्पत्ति हडप्ने गरेको पनि दाबी गरेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK