Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारको उकालो यात्रा कायम, ८औँ दिन पनि बढ्यो नेप्से, लगानीकर्ता मालामाल

अर्थ सरोकार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहिबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बिहिबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३२८ कम्पनीको ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. १८ अर्ब ४९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार राधी विद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ७७ करोड २१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

बिहीबारको बजारमा ग्रीन भेन्चर्स लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

यता, ९.५% मञ्जुश्री फाईनान्स लिमिटेड डिबेन्चर २०८५ का लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK