काठमाडौँ । मौद्रिक नीति पछिको पहिलो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आइतबार नेप्से परिसूचक २९ अंकले बढेर २७६०.८० बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ११ कम्पनीको ३ करोड २५ लाख ९२ हजार ३० कित्ता सेयर खरिद बिक्री हुँदा ११ अर्ब ४१ करोडमाथिको सेयर कारोबार भएको छ ।
आइतबार सबैभन्दा धेरै बैंकिङ समूह ३.३७ र लघुवित्त समूह ३.५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १.४७, वित्त १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ र म्युचुअल फन्ड १.०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् ०.८३, लगानी ०.०८, निर्जीवन बीमा ०.३४, व्यापार ०.२६ र अन्य समूह ०.२७ प्रतिशतले घटेको छ ।
एनआईसी एसिया बैंकका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआईसी एसिया बैंक लिमिटेडको सबैभन्दा धेरै रू ३७ करोड १४ लाख ९९ हजार ३२ बराबरको कारोबार भएको भएको छ ।
यता, हिमालयन हाइड्रोपावरका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले घटेको हो ।