काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले हचुवाका भरमा नयाँ कम्पनी ल्याउन नहुने बताएका छन् । बिहीबार अर्थ समितिको बैठकमा बोल्दै सांसद महतले यस्तो बताएका हुन् ।
पूर्व अर्थमन्त्री समेत रहेका महतले हतार गरेर हचुवाका भरमा नयाँ कम्पनी छिराउनु सेयर बजारका लागि ठिक नहुने बताएका छन् ।
त्यस्तै, उनले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सरकारले चलाउन नहुने पनि बताएका छन् । ‘सरकारले पनि नेप्से चलाउनु हुँदैन । त्यो ठिक होइन ।’, उनले भने, ‘ब्रोकरले चलाउने पनि बेठिक हो ।’
यता नयाँ स्टक एक्सचेञ्जबारे बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्वार्थ समूहको दबाबमा बजारमा नयाँ कम्पनी ल्याउन खोजिएको बताएका छन् । उनले कसैको दबाबमा स्टक एक्सचेन्ज ल्याइए कार्टेलिङ बढ्ने र जनताको लगानी झन् डुब्ने खतरा रहेको बताएका छन् । उनले पनि अहिलेको स्टक एक्सचेञ्जलाई बलियो बनाउनतर्फ लाग्नुपर्नेमा जोड दिएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्