काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय भएको लगभग दुई महिना जस्तो भएपनि मधेश प्रदेशका आठ जिल्लाहरूमा वर्षा हुन सकेको छैन् । समयमै वर्षा नभएपछि यहाँका किसानहरूले चरम खडेरी र सुख्खा झेल्नु परेको छ । धान रोपाइँका लागि वर्षाको पानीको भर पर्नु पर्ने यहाँका किसानहरूले पानीको अभावका कारण श्रावण महिला लाग्दा पनि रोपाइँ गर्न पाएका छैनन् ।
सुख्खा र खडेरीका कारण असार २६ गते मधेश प्रदेश सरकारले मधेशका आठ जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको थियो भने श्रावण ७ गते बसेको नेपाल सरकारको मन्त्री परिषद् बैठकले पनि मधेश प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
मधेश प्रदेशका विभिन्न जिल्लाहरुमा पानीको अभावका कारण समयमै रोपाइँ हुन सकेका छैनन् भने रोपाइँ गरी सकेका खेतहरू पनि धाँजा फाट्ने, धानका बीउ सुक्ने जस्ता समस्या किसानहरूले झेली रहनु परेको छ । त्यसो त हरेक वर्ष मलखादको अभाव झेल्नु परेको मधेशका किसानहरूले यो वर्ष भने सुख्खा र खडेरीका सामना गर्नु परेको छ । तस्विरमा हेर्नुहोस् समयमा वर्षा नभए पछि सुख्खा देखिएको मधेश प्रदेशका खेतहरुः

(तस्विरः नेपाल फोटो लाइब्रेरी)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्