×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी फर्मलाई भारतीय सेयर बजारमा प्रतिबन्ध, अवैध रुपमा कमाएको ५७ करोड डलर जफत गरिने ! 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमेरिकी फर्मलाई भारतीय सेयर बजारमा प्रतिबन्ध, अवैध रुपमा कमाएको ५७ करोड डलर जफत गरिने ! 

Artha Sarokar

२२ असार २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । अमेरिकी ट्रेडिङ फर्म जेन स्ट्रिट ग्रुप एलएलसीलाई भारतीय सेयर बजारमा प्रतिबन्ध लगाइएको छ । सेक्युरिटिज एण्ड एक्सचेञ्ज बोर्ड अफ इन्डिया (सेबी)ले उक्त कम्पनीमाथि प्रतिबन्ध लगाएको हो । 

योसँगै सेबीले १०५ पृष्ठको अन्तरिम आदेशमार्फत उक्त कम्पनीबाट ४८.४ अर्ब भारतीय रुपैयाँ (५७ करोड डलर) जफत गर्ने पनि बताएको छ  ।

सो रकम जेन स्ट्रिट ग्रुपले अवैध रुपमा कमाएको सेबीले ठहर गरेको छ । साथै सेबीले उक्त ग्रुपका इकाईहरुलाई सेयर बजारमा प्रतिबन्ध लगाउँदै प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा धितोपत्र खरिद, बिक्री वा कारोबार गर्न निषेध गरेको छ ।

त्यस्तै, ग्रुपका इकाईहरुले व्यक्तिगत वा संयुक्त रुपमा राखेका बैंक खाताबाट अनुमतिबिना कुनै पनि डेबिट गर्न नपाउने सुनिश्चित गर्न सेबीले भारतीय बैंकहरुलाई निर्देशन दिएको छ । उक्त अमेरिकी फर्मले भारतीय सेयर बजारमा चलखेल गरेको आरोपपछि सेबीले उक्त ग्रुपको कारोबारमाथि अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी