×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दिपेन्द्र अग्रवाल आज रिहा होलान् ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

दिपेन्द्र अग्रवाल आज रिहा होलान् ?

Artha Sarokar

९ श्रावण २०८२, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आपराधिक लाभ तथा ठगी कसुरमा पक्राउ परेका सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई प्रहरीले शुक्रबार अदालतमा पेश गर्दैछ । उनलाई म्याद थपका लागि अदालत लैजान लागिएको हो । 

यसो त यसअघि अग्रवाललाई बिहीबार पनि अदालत लगिएको थियो । बिहीबार अग्रवाललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति मागिएको थियो । तर, अदालतले एक दिन मात्र म्याद थप गरेको थियो ।

बिहीबार अदालतले एक दिन मात्र म्याद थप गरेपछि प्रहरीले अग्रवाललाई शुक्रबार पनि म्याद थपका लागि अदालत लैजाने तयारी गरेको छ । अदालतले कति दिन म्याद थप गर्छ ? भन्ने टुंगो नभएको एक अनुसन्धान अधिकृतले बताएका छन् । ती अधिकृतका अनुसार बिहीबार नै १ दिन भन्दा धेरै म्याद थप गर्न अस्वीकार गरेकाले शुक्रबार आवश्यक नदेखे अदालतले अग्रवाललाई रिहा समेत गर्न सक्छ ।

अग्रवाललाई प्रहरीले साउन ५ गते काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । सोही दिन अदालतमा पेश गरिएका अग्रवाललाई अदालतले अनुसन्धानका लागि तीन दिन म्याद दिएको थियो ।

अग्रवालविरुद्ध धनुषाका ६० वर्षीय दिनेश प्रसाद साहले ६ करोड ४५ लाख रुपैयाँ ठगीको उजुरी दिएका थिए । यता दिपेन्द्र पक्षले भने अग्रवाल पक्राउ प्रकरण सिप्रवी सेक्युरिटिजसँगको पुरानै लफडासँग जोडिएको दाबी गरेका छन् । उनीहरुले यो प्रकरणमा दिपेन्द्र अग्रवाललाई फसाइएको बरु अग्रवाल उल्टै पीडित भएको पनि दाबी गरिएको छ । हाल प्रहरीले उजुरीकर्ता साह, सिप्रवी सेक्युरिटिज र ब्रोकरलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी