×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्राहकले जम्मा गरेको रकम जुवामा लगाउने महालक्ष्मी विकास बैंकका ४ कर्मचारी प्रहरीको नियन्त्रणमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ग्राहकले जम्मा गरेको रकम जुवामा लगाउने महालक्ष्मी विकास बैंकका ४ कर्मचारी प्रहरीको नियन्त्रणमा

Artha Sarokar

२५ श्रावण २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंकका ४ कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग्राहकले जम्मा गरेको २ करोड ८५ लाख रुपैयाँलाई अवैध वान एक्स बेटमा लगाउने दार्चुलास्थित शाखाका कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यलय दार्चुलाका अनुसार उनीहरुलाई अहिले सोधपुछ गर्ने काम भइरहेको छ । बैंकका कर्मचारीले ग्राहकको रकम घोटाला गरी जुवामा लगाएर गरेको घोटाला बारे अनुसन्धान गर्न बैंकको टोली दार्चुला पुगेको खबर अर्थ सरोकारले सार्वजनिक गरेपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीहरुलाई बैंकको शाखा वरपरबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याईएको थियो । 

घटना बाहिरीएपछि अहिले महालक्ष्मी विकास बैंकबाट अनलाइन माध्यममार्फत पैसा निकाल्नेहरुको संख्या ह्वात्तै बढेको छ । स्थानीयका अनुसार आइतबार बैंक खुल्ने बित्तिकै बैंकबाट पैसा निकाल्ने तयारीमा थुप्रै ग्राहक छन् । 

बैंकले बैंकको बदनाम हुने डरले अवैध जुवामा संलग्न भएका कर्मचारीहरुलाई जोगाउन खोजिरहेको छ । यस विषयमा बैंकका सूचना अधिकारी, गुनासो अधिकृतदेखि सिइओसम्म बोल्न मानिरहेका छैनन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी