काठमाडौँ । महालक्ष्मी विकास बैंकका ४ कर्मचारीले ग्राहकको निक्षेप जुवामा हारेको खबर बाहिरिएपछि बैंकमा ग्राहकले फोन गरेर अत्याधिक गाली दिन थालेपछी बैंकले बैंकको ल्यान्ड लाइन नम्बरमा आगमन कल नै बन्द गरिदिएको छ । बैंकको ल्यान्ड लाइन नम्बर ०९३-४०००९५ मा आगमन कल नै बन्द गरिएको हो ।
सोमबारसम्म सो फोनमा फोन लागिरहेको थियो । तर, दार्चुलाका ग्राहक पैसा झिक्न मात्र आउने, फोन गरेर तथानाम गाली गर्ने लगायतका काम हुन थालेपछी बैंकले आगमन कल नै बन्द गरिदिएको बैंकका कर्मचारीले जनाएका छन् ।
हाल पनि सो फोन नम्बरमा आगमन कल बन्द छ ।
बैंकमा भएको २ करोड ८५ लाख रुपैयाँ घोटाला प्रकरणमा मुछिएका ४ जना अहिले प्रहरी हिरासतमा छन् । उनीहरुविरुद्ध अहिले अनुसन्धान भइरहेको छ ।
यता सो प्रकरणबारे अत्याधिक फोन आएपछि बैंकले गुनासो सुनुवाइ अधिकृत बसन्त बस्की र सूचना अधिकारी अनुज आचार्यलाईसमेत फोन नउठाउन निर्देशन दिएको छ । ‘सूचना अधिकारी र गुनासो सुनुवाइ अधिकृतलाई केहि दिन फोन नउठाउन भनिएको छ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भन्यो, ’गोकुलेश्वर शाखाको केसपछि सूदूरपश्चिमका अन्य शाखामा पनि पैसा झिक्नेहरु बढेका छन् ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्