×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चौतर्फी गाली आएपछि महालक्ष्मी विकास बैंक गोकुलेश्वर शाखाको ल्यान्ड लाइन बन्द गरियो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

चौतर्फी गाली आएपछि महालक्ष्मी विकास बैंक गोकुलेश्वर शाखाको ल्यान्ड लाइन बन्द गरियो !

Artha Sarokar

२७ श्रावण २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महालक्ष्मी विकास बैंकका ४ कर्मचारीले ग्राहकको निक्षेप जुवामा हारेको खबर बाहिरिएपछि बैंकमा ग्राहकले फोन गरेर अत्याधिक गाली दिन थालेपछी बैंकले बैंकको ल्यान्ड लाइन नम्बरमा आगमन कल नै बन्द गरिदिएको छ । बैंकको ल्यान्ड लाइन नम्बर ०९३-४०००९५ मा आगमन कल नै बन्द गरिएको हो ।

सोमबारसम्म सो फोनमा फोन लागिरहेको थियो । तर, दार्चुलाका ग्राहक पैसा झिक्न मात्र आउने, फोन गरेर तथानाम गाली गर्ने लगायतका काम हुन थालेपछी बैंकले आगमन कल नै बन्द गरिदिएको बैंकका कर्मचारीले जनाएका छन् ।

हाल पनि सो फोन नम्बरमा आगमन कल बन्द छ ।

बैंकमा भएको २ करोड ८५ लाख रुपैयाँ घोटाला प्रकरणमा मुछिएका ४ जना अहिले प्रहरी हिरासतमा छन् । उनीहरुविरुद्ध अहिले अनुसन्धान भइरहेको छ ।

यता सो प्रकरणबारे अत्याधिक फोन आएपछि बैंकले गुनासो सुनुवाइ अधिकृत बसन्त बस्की र सूचना अधिकारी अनुज आचार्यलाईसमेत फोन नउठाउन निर्देशन दिएको छ । ‘सूचना अधिकारी र गुनासो सुनुवाइ अधिकृतलाई केहि दिन फोन नउठाउन भनिएको छ ।’ बैंकका एक उच्च अधिकारीले अर्थ सरोकारसँग भन्यो, ’गोकुलेश्वर शाखाको केसपछि सूदूरपश्चिमका अन्य शाखामा पनि पैसा झिक्नेहरु बढेका छन् ।’

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी