काठमाडौँ । छिमेकी देश चीनसँग जोडिने धुन्चे श्याफ्रूबेशी सडकखण्ड अन्तर्गत सानोभार्खु स्थित बाह्र घुम्ती सडक भएर यात्रा गर्नेहरूका लागि आकर्षक सडकको रुपमा रहेको छ ।
आकर्षक बाह्र घुम्ती सडकमा अहिले यात्रुहरुले फोटो खिच्ने, भिडियो बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने समेत गरेको पाइन्छ । सडक आकर्षक भए पनि खाल्डाखुल्डी, काँही पहिरो गएको हुनाले यात्रा गर्न भने जोखिम नै रहेको छ ।
सोही सडक हुँदै नेपाल चीन सिमा रसुवागढी र लाङटाङ उपत्यका पुग्न सकिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्: