काठमाडौँ । एक दर्जन भन्दा बढी वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार एक दजर्न बढी बैंकहरुको खराब कर्जा अनुपात (एनपिएल) बढेको हो ।
गत आर्थिक वर्ष २०८१/८२ मा एभरेष्ट बैंकको खराब कर्जा ०.३८ प्रतिशत रहँदा सबैभन्दा बढी हिमालयन बैंकको ७.२८ प्रतिशत रहेको छ । एनआईसी एशिया बैंक, कुमारी, सिटिजन्स, नबिल र लक्ष्मी सनराइज बैंकको खराब कर्जा दर पनि तुलनात्मक रुपमा उच्च नै देखिएको छ ।
समीक्षा अवधिमा एनआइसी एशिया बैंकको खराब कर्जा करिब दोब्बर बढेको छ । २०८०/८१ मा एनआईसीको खराब कर्जा अनुपात ३.४५ प्रतिशत थियो भने २०८१/८२ मा त्यस्तो कर्जाको अनुपात ६.२८ प्रतिशत पुगेको छ । यसले एनआइसी एसियाले गरिरहेको धेरै जसो कर्जा लगानी फसिरहेको देखाउँछ । त्यस्तै, ग्लोवल आइएमई बैंकको खराब कर्जा पनि ४.१७ बाट बढेर ४.८७ प्रतिशत पुगेको छ ।
त्यस्तै, प्रभु बैंक खराब कर्जा अनुपात ४.९६ प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खराब कर्जा अनुपात ४.९४ प्रतिशत थियो । यता नेपाल एसबिआइ बैंकको खराब कर्जा पनि १.९६ प्रतिशतबाट बढेर ३.३५ प्रतिशत पुगेको छ । एनएमबी बैंकले पनि खराब कर्जा ३.७२ प्रतिशतबाट बढेर ३.४ प्रतिशत पुगेको छ भने कुमारी बैंकको खराब कर्जा ५.९५ प्रतिशतबाट बढेर ६.४२ प्रतिशत पुगेको छ ।
सिद्धार्थ बैंकको खराब कर्जा पनि पछिल्लो समय बढ्दै गएको देखिएको छ । बैंकको खराब कर्जा २०८१/८२ मा २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ । हिमालन बैंकको पनि खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ । त्यस्तै, सिटिजन्स बैंकको खराब कर्जा ४.१ प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको छ भने नेपाल बैंकको खराब कर्जा ४.३३ प्रतिशतबाट बढेर आर्थिक वर्ष २०८१/८२ मा ४.४७ प्रतिशत पुगेको छ । प्राइम बैंकको खराब कर्जा अनुपात २०८०/८१ मा ४.६५ प्रतिशत रहेकोमा २०८१/८२ मा बढेर ५.५६ प्रतिशत पुगेको छ ।
यता नेपाल इन्भेष्टमेन्ट बैंकको खराब कर्जा पनि ४.९१ प्रतिशतबाट बढेर ५.८५ प्रतिशत पुगेको छ । सानिमा बैंकको खराब कर्जा पनि १.७२ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुगेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सरकारी लगानी रहेको कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल, एभरेष्ट, स्टान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, माछापुच्छ्रेको खराब कर्जा अनुपात अघिल्लो आर्थिक वर्षको तुलनामा झिनो रुपमा घटेको देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्