Skip to content
LAXMI SUNRISE BANK

रक्सीको नाम नै नेप्से राख्दा मौन बसेको नेप्सेलाई फेसबुक पेज नेप्से राख्नेहरुसँग आपत्ती, भन्यो- ‘सचेत रहनू’

अर्थ सरोकार

काठमाडौँ । रक्सीको नाम नै ‘नेप्से’ राख्दा पनि मौन बसेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ‘नेप्से’ नाम राखेर खोलिएका फेसबुक पेजप्रति आपत्ति जनाएको छ । नेप्सेको नाम वा नेप्सेसँग मिल्दोजुल्दो नाम राखेर पेज खोल्ने, वेबसाइट चलाउने, एप बनाउने र च्याट ग्रुप चलाउने गरेको भन्दै नेप्सेले त्यसप्रति आपत्ति जनाएको हो । 

नेप्सेले सूचना वा जानकारी आफ्नो आधिकारिक वेबसाइटमा मात्र प्रकाशित गर्ने भन्दै नेप्से नाम राखेर वा नेप्सेजस्तै देखिने पेज वा वेबसाइटमार्फत प्रकाशित सामाग्रीमा विश्वास नगर्न आग्रह समेत गरेको छ ।

एक सूचना जारी गर्दै नेप्सेले धितोपत्र किन्न वा बेच्न सल्लाह नदिने, प्रतिफलको ग्यारेन्टी नगर्ने, खरिद वा बिक्री गर्ने मूल्य नतोक्ने भन्दै त्यसरी प्रकाशित भएका सामाग्री वा सूचना भ्रामक र अनधिकृत भएको भन्दै नेप्सेले सचेत रहन भनेको छ । 

त्यस्तै, नेप्सेले हल्ला, उक्साहट, अनधिकृत च्याट/ग्रुप/क्लब हाउस/टेलिग्राम लगायतका आधारमा कारोबार नर्ग पनि आग्रह गरेको छ । साथै नेप्सेको नाम, लोगो र भवनको तस्विर प्रयोग गरेर एप/पेज/समूह बनाइएका माध्यममा व्यक्तिगत विवरण नदिन पन नेप्सेले सचेत गराएको छ । यस्तो छ नेप्सेको सूचना:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK